भलिबल खेलाडी मनोज श्रेष्ठ मृत भेटिए
धादिङ | कात्तिक ९, २०८०
धादिङ: धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालका अनुसार, सिद्धलेक गाउँपालिका–३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ ।
‘बिहान ६ः४५ बजे शव भेटिएको भन्दै खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर साबसहितको टोली पठाएका छौं’, उनले भने, ‘उहाँ पुगेर थप अनुसन्धान सुरु हुन्छ ।’
उनी गंगाजमुना–४, गुम्दीका स्थायी वासिन्दा हुन् । श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए ।
उनी धादिङको टिमका कप्तान थिए । उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो । उनी टिमसहित सलाङमा बस्न गएको बताइएको छ ।
श्रेष्ठकी श्रीमती विदेशमा छिन् । मृत्युको कारण पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

